Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

हेल्लो कमरेड, चुनाव जित्छु भन्नुहुन्थ्यो अनि निर्वाचन देखी किन डराउनुभयो ? – दुर्गाराज पाण्डे

हेल्लो कमरेड, चुनाव जित्छु भन्नुहुन्थ्यो अनि निर्वाचन देखी किन डराउनुभयो ? – दुर्गाराज पाण्डे

images
  • ब्लग
  • मंसिर १२, २०७८ आइतवार १५:५६ बजे
  • 4.3K
    SHARES
  • images
    – दुर्गाराज पाण्डे
    "एमाले महाधिवेशनमा सहमतिमा नेतृत्व गराउने कुरामा मेरो पुर्ण असहमति छ। देशको नेतृत्व परिवर्तन गर्न जसरी चुनावलाई मानिन्छ त्यस्तै राजनीतिक दलको जिवन्तताको लागि चुनाबमै जान आवस्यक छ। देशभरीबाट एक्कैपटक वार्ड,पालिका लगायत महाधिवेशन प्रतिनिधिसम्म सहमति गरेर एमालेले कार्यकर्ताको जनमतको अपमान गरिसकेको छ। आफुलाइ लोकतान्त्रिक पार्टी बताएर नथाक्ने एमाले पछिल्लो समय भातृ संगठनका नेतृत्व परिवर्तन गर्दा टिके प्रथा सुरु गरेर लोकतान्त्रिक प्रक्रिया कुन्ठित पारीसकेको छ। अब पदाधिकारी बनाउदा पनि टिके पर्थाको निरन्तरताले पार्टीलाई जिवन्तता दिदै दिदैन। मेरो एमालेका नेता र कार्यकर्ता प्रती यी प्रश्न छन् ।
    * वार्ड देखि महाधिवेशन प्रतिनिधिसम्म निर्वाचन गर्दै निर्वाचन गर्न किन डराएको?
    * वार्ड देखि महाधिवेशन प्रतिनिधिसम्म कति नया (महिला/जनजाती/आदिवासी/ दलित/ युवा) नेतृत्व आए?
    * एमालेमा मदन भन्डारीको बिचार अनुरुप अघि बढेको बताउने पार्टी खै जबजको सम्मान गरेको?
    * एमाले कम्मुनिस्ट पार्टी हो भने खड्ग ओलीलाइ नेता मान्ने हो, काम के कति गरे इतिहासले मुल्यांकन गर्ला तर किन ओलीलाइ देवता मान्दै छौ?
    * सहमतिमै पदाधिकारी छान्ने भए किन महाधिवेशन प्रतिनिधि छानेको नाटक गरेको? बालकोट्को बार्दलीबाट घोषणा गर्दिएको भए हुन्थ्यो।चितवनमा कार्यकर्ता जम्मा पारेर किन दुख दिएको हो?
    * गोदावरीको बिधान अधिबेशन गरेर पारित गरेको पदाधिकारी संख्या चितवनमा बसेको केन्द्रिय कमिटीको बैठकले किन उल्टाएको?* सहमतिको नाममा नेतृत्व घोषणा गर्दा जनमत राम्रो नभएका मान्छे पनि नेतृत्वमा पुग्छन। तिनैले आउने चुनावहरुमा टिकट पाउँछन् अनि चुनाव कसरी जित्छौ?
    * पार्टी भित्र क्षमता कम भएका नेतालाइ फाल्ने यहि अधिबेशन थियो।नेता ब्यावस्थापनका नाममा किन संख्या बढाएको?
    * पदबिना असक्षम किन बस्नु पर्यो पार्टीमा?
    * आलोपालोले नेता बन्ने प्रवृत्ति किन निरन्तरता दिएको?
    * नेता बन्न कम्तीमा कार्यकर्ताबाट चुनिएको हुन पर्छ होइन र?
    सहमतिको नाममा निर्वाचन नभएर पदाधिकारी नियुक्त भएमा आउदा दिनमा एमालेमा निम्न कुरा रहने छन्
    * पदाधिकारी भएका वा केन्द्रिय समिति अनि पोलिट्ब्युरो सदस्यले स्थानिय तहकै चुनाव हार्नेछन।
    * समानुपातिकको नाममा महिला तर्फ अस्टलक्मी र पद्मा अर्याल, जनजातिमा बादल र पृथ्वी सुब्बा, दलित तर्फ पनि छबिलाल बिश्वकर्मा र जगत बिश्वकर्मा, युबाबाट कपाल फुलेका युवाहरु योगेश र महेश आउनेछन यिनै अनुहार देखाएर सहमतिको रटान गर्नेछ। अरु सबै पुराना अनुहार मात्र दोहोरिने छन।
    * केपि ओली जिवनभरी अध्यक्ष बन्नेछन यस्ले अन्य नेता कार्यकर्ताको बितृस्णा उत्पन्न भइ पार्टी कम्जोर बन्ने छ।
    * युवा तथा अन्य पक्षको उपस्तिथि कम भइ पार्टी सिमित ब्यक्तिहरुको क्लब बन्नेछ।
    त्यसैले हनुमान भन्दा अलि माथी उठेर एमाले बचाउने नै हौ भने निर्वाचनमा जानू पर्छ। चुनाव जितेको नेता बन्छ। टीका लगाएको हनुमान नेता बनाउने हो भने अधिबेशनको औचित्य छैन।
    एमालेजन सहमतिको नाममा आन्तरिक लोकतन्त्र कम्जोर नबनाउ ।
    लोकतन्त्र जिन्दावाद
    टिके प्रथा मुर्दावाद।"
    लेखक पाण्डे रेडियो, टेलिभिजन तथा खेलकुतमा कार्यरत छन् ।

    images
  • सम्बन्धित विषय:

  • # kp oli
  • # cpn uml
  • # bhim rawal
  • # durgaraj pandey

  • सत्य नेपाल न्युज

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology