युगकवि सिद्धिचरणसँग

– वैरागी काइँला
अध्यक्ष, युगकवि सिद्धिचरण प्रतिष्ठान
मेरो प्रियकविवर !
तिम्रो सम्झना किनआइरहेछ आज धेरै
तिम्रो अनुपस्थिति अभिशाप लागिरहेछ धेरै किन?
हे युगकवि !
युगको मर्म बोल्यौ, युगद्रष्टा युगकवि थियौ
क्रान्तिको झिल्को बाल्यौ, क्रान्तिको कवि थियौ
प्रगतिका कुरा गर्याै, प्रगतिशील कवि थियौ
भविष्यको कुरा लेख्यौ, द्रष्टा कविथियौ
सांस्कृतिक जागरणको गीत गाउने तिमी एक्लो बृहस्पति जस्ता कवि
जन्मँदा बोलेको भाषाको लागि यातना र जेल सहने कवि
धन्य हे कवि ! सिद्धिचरण थियौ, सिद्धिचरण रह्यौ ।
हो, क्रान्तिविनाशान्तिहुँदैन, बुझेको तिमीले युवाहरूलाई
जो कठिन गिरिमा पनि चढ्न सिपालु साहसी थिए
हे युगकवि ! चम्कन चम्कनका लागि आहवान गन्यौ
विगुल फुक्दै सडकमा मङ्गलमानहरू
इन्द्रचोक, रत्नपार्क, बागबजार हुँदै चक्रपथ घेराउगर्दै बढे
प्रतिबन्धित घेरा तोड्दै जंगी ऐन तोड्दै
कतिले बार भत्काउँदै, कतिले ईट्टा हान्दै, लाठो खाँदै, गोलि खाँदै
अस्पताल भरे, जेल भरे, च्यामे, पोडे देखी कुचिकारको आन्दोलन
खुर्शानी काण्डदेखी
सात साल, सत्र साल र छयालीस सालहुँदै बईसठ्ठी त्रिसठ्ठी सालको
जनआन्दोलनसम्मआइपुग्दा
बगेका रगतले घर, गाउँ र सहादतले साटेको उपलब्धी
सङ्घर्ष र बलिदानले ल्याएको परिवर्तन,. तर खोक्रो, सतहमाकिन पुग्दछ ?
आदर्श हाम्रो नेतृत्व किन दिग्भ्रमित र भ्रष्टमा रूपान्तरित हुन पुग्छ हे युगकवि?
मात्र सत्ता नायणहिटीबाट सिंहदरबार स्थानान्तरित भएछ
वंशानुगतबाट अब दलगत बहुमतमा बहुमतमा रूपान्तरित मात्र हुन पुगेछ
तर निरंकुशता बलियो र जिउँदो ठडिएका छन
नयाँसडक र टुँडिखेल वरिपरि शालिकमा मात्र कविजी
सामाजिक न्यायका र समानताका लागि
जतपात र जातीय भेदभावका विस्द्ध
शोषन र असमानताका विरुद्ध
मानवताको गीत गाउने, प्रजातन्त्रका उन्नायक कवि
देशभक्तको गीतगाउने राष्ट्रवादी कवि
तिम्राती ऐतिहासिक र स्वच्छन्द भाव र विचारका ओजस्वी कविता ।
तिम्रो प्यारो आजको ओखलढुङ्गाझैँ मरुस्थलमा उम्रेका साना पोथ्रा
जलकणका मात्र मायावीओएसिस भए.
हे युगकवि ! तिमीसँग पैसा थिएन र ?
उर्वशीझैँ तिम्राछोरीहरू अरब पुगेर बलात्कृत हुँदै खालिहात फर्किए घर
छोराहरूविदेश पुगेर ठगिँदै रित्तोे हातफर्किए घर
कतिको लास सडेको मात्रफर्किए,
चर धेरैजसो देशभित्र नै लुटिए, चुसिए, ठगिय
अझ कति आन्दोलन र क्रान्ति देखि वाक्कव्याक्क भएर भाग्दैछन् अरबको मरुभूमितिर
महाकालको दुलोमा अनन्तको पुच्छर तिम्रा सन्तानहरु ठगिने र वलात्कृत हुने क्रमको अनन्तताको अनन्त अनन्तता
जस्ता कोलाहलको बिच फेसबुकमा तिम्रो स्टाटस भर्खरै सबैले पढे,
नानीहरूले लोकतन्त्र गणतन्त्र र नयाँ नेपाल
हामी सबैको हाम्रो नेपाल.
ब्याक टु मङ्गलमान.
रातभरि करायो दक्षिणा त नाइँ !..
माछो माछो भ्यागुतो भो मङ्गलमानलाई !
सिंहदरबार, बालुवाटार हुँदै शीतलनिवास
कहिले महाराजगञ्ज, बल्खु हुँदै प्यारिस डाँडाको बाटो
लोकतन्त्रको डाँडोमा पु¥याउनबोकेको
मङ्गलमानले बोकेको काँधमात्यो क्रान्ति र आन्दोलनको दायित्व
सिसिफसको ढुङगा भएर लुड्किन्छ
दलको दलदलबाट निर्दलको भासभित्र फेरिमाकिन?
है युगकवि ! हजारौँ सहिदको रगतले साटेको लोकतन्त्र
ज्यानआहुती दिने संघहरूनै जो थियो शक्ति हाम्रो सधैं ।
किननिर्दलको खोजीमा सत्ता र शक्तिकुम्लो पारेर कुदे..
अभिशापको यो निरन्तरताको अनन्नता महाकालको दुलोमाअनन्तको
पुच्छर..
छदशकको यो हिँडाइ
समानता र सामाजिकन्याय
पहिचान सहितको सङ्घीयता र सङ्घीयता सहितको संविधान
परिवर्तन विरोधी र परचक्रीको भकुन्डो भो ।
कि सुदूरबाट नियन्त्रकले हाम्रा नेतृत्व र बुद्धिजीवीको
मन र मस्तिष्कबाट सदाकालागि डिलिट गरिदियो ?
न कतै न कहिले पहुँचपाउने भए निरीहले, हरिपले, अबलाले, ,
सीमान्तकृतले
न कहिले तिनको पहिचानहुने भो कायम इतिहासमा
अभिशप्त छ मङ्गलमान, केवल मङ्गलमान हुन करा
सदालाई किन कुन कालतक ?




