Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

रास्वपाका केन्द्रीय सदस्य कार्की भन्छन्- अब आँखा खोलौं

रास्वपाका केन्द्रीय सदस्य कार्की भन्छन्- अब आँखा खोलौं

images
  • समाचार
  • बैशाख २९, २०८१ शनिवार १६:३३ बजे
  • 712
    SHARES
  • images

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य गणेश कार्कीले अहिलेको सत्ता संगतले आफ्नो विचार र स्वत्व गुमाउनुपर्ने टिप्पणी गरेका छन् । 

    सामाजिक सञ्जालमा टिप्पणी गर्दै कार्कीले ‘अनेक गरिन्छ तर सत्ता जोगाइन्छ’ वालाको संगतले पुर्‍याउने सत्तासम्मन् मात्रै भएको कार्कीले उल्लेख गरेका हुन् ।

    रास्वपामा सभापति एवं गृहमन्त्री लामिछानेको एक्लो आलोचकका रूपमा चिनिने कार्कीले आँखा खोल्न आग्रह गरेका छन् । 

    उनले भनेका छन्- 

    'अनेक गरिन्छ तर सत्ता जोगाइन्छ' वालाको संगतले पुर्याउने सत्तासम्मन् हो, तर त्यसको मूल्यमा आफ्नो सम्भावना र अरूले आफुप्रति गरेको आशा गुमाउनु पर्छ । 'म हुन्न भने यो कुर्सी नै भाचिदिन्छु' वालाको संगतले पुर्याउने ओठेजवाफसम्मन् हो, तर त्यसको मूल्यमा आफ्नो विचार र स्वत्व गुमाउनु पर्छ ।

    अघिल्लो स्टाटस लेखेको थिएँ - 'हिजो संसदको रोष्ट्रम घेर्ने क्रममा सांसद टेकबहादुर गुरूङ र ज्ञानेन्द्र बहादुर कार्कीसमेत मिसिएर अहिले सदाचार, पारदर्शीता र कानूनीराज सिकाउँदैछन् । यो दृष्य दुखद मात्र होइन, आँखा खोल्नु पर्ने किसिमको पनि छ । आँखा खोलौँ ।' पटक पटक लेख्छु, आँखा खोलौँ ।

    images

    सत्य नेपाल न्युज

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology