सन्दीपमाथि लागेको बलात्कार मुद्दामा के-के भएको थियो ?
१. २१ भदौ, २०७९ : पीडित भनिएकी एक किशोरीद्वारा काठमाडौंको गौशाला प्रहरी कार्यालयमा उजुरी
२. २३ भदौ, २०७९ : नेपाल क्रिकेट सङ्घको कार्यसम्पादन समितिले राष्ट्रिय क्रिकेट टोलीबाट निलम्बन
३. २० असोज, २०७९ : विदेशबाट फर्किने क्रममा त्रिभुवन विमानस्थलबाट पक्राउ
४. १४ कात्तिक, २०७९ : काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता
५. २८ पौष, २०७९ : पाटन उच्च अदालतद्वारा २० लाख रुपैयाँ धरौटी लिई तारेखमा रिहा
६. १८ माघ, २०७९ : अनुशासन उल्लङ्घनको कारबाहीमा गरिएको निलम्बन फुकुवा
७. १६ फागुन, २०७९ : सर्वोच्च अदालतद्वारा देशबाहिर गएर क्रिकेट खेल्न पाउने अनुमति
८.७ जेठ, २०८० : वडा कार्यालयबाट उजुरीकर्ताको जन्मदर्ताको अभिलेख र जन्म भएको भनिएको अस्पतालबाट दर्ता किताब झिकाउने आदेश
९. ११ असार, २०८० : गौशाला २६ (पीडित भनिएकी किशोरी) लाई अन्तरिम राहतस्वरूप उपचार खर्च दिन जिल्ला अदालतको आदेश
१०. १३ पौष, २०८० : काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासद्वारा सन्दीप लामिछानेले जबरजस्ती करणी गरेको ठहर
११. २५ पौष, २०८० : काठमाडौं जिल्ला अदालतद्वारा आठ वर्ष जेल सजाय तथा जरिवाना
१२. १० फागुन, २०८० : उच्च अदालत पाटनमा पुनरावेदन दर्ता
१३. २ जेठ २०८१ : बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ




