Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

अपराधीको संरक्षण गर्दैगए प्रधानमन्त्रीमाथि नै छानबिन गरिनुपर्छ : नैनसिंह महर

अपराधीको संरक्षण गर्दैगए प्रधानमन्त्रीमाथि नै छानबिन गरिनुपर्छ : नैनसिंह महर

images
  • समाचार
  • बैशाख २८, २०८१ शुक्रवार ०८:५५ बजे
  • 343
    SHARES
  • images

    बुटवल, २७ वैशाख । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले अपराधीलाई लुकाउने प्रयास जारी राखे प्रधानमन्त्रीमाथिनै छानबिन गर्नुपर्ने अवस्था आउनसक्ने चेतावनी दिएका छन्।

    प्रेस युनियन रुपन्देहीले बिहीबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महरले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अपराधीलाई लुकाउने र चोख्याउने प्रयास गर्दै आएको दाबी गर्दै त्यस्तो कार्य जारी राखे प्रधानमन्त्रीमाथि पनि छानबिन गर्नुपर्ने अवस्था आउन सक्ने चेतावनी दिएका हुन्।

    सरकार समग्र संवैधानिक निकायलाई कब्जामा लिएर आफू अनुकूल निर्णय गराउने दुस्प्रयास गरिरहेको बताउँदै नेता महरले सरकारबाटै कानुनी शासनको उपहास गरिनु लज्जाको विषय भएको बताए। सहकारी ठगी प्रकरणमा मुछिएका गृहमन्त्री रवि लामिछानेमाथि छानविनको माग गर्दै महरले यस विषयमा सरकारले नजरअन्दाज गर्नु प्रधानमन्त्री प्रचण्डका लागि पनि घातक हुने बताए।

    सत्तामा रहेका दलहरू सहकारीका ठगलाई कारबाही गर्नभन्दा सत्ता बचाउतर्फ केन्द्रीत रहेको आरोप लगाउँदै उनले ‘सरकार रुल अफ ल’को विपक्षमा लागेकाले प्रधानमन्त्री प्रचण्डमाथि पनि छानविनको प्रक्रिया अघि बढ्न सक्ने बताए। यसैगरी संसद सुचारू गर्ने विषयमा कांग्रेस लचकता अपनाउन तयार भए पनि रवि लामिछानेमाथि छानबिनका लागि समिति गठन गर्नुपर्ने अडान कायम रहेको बताए।

    गठबन्धन बिना पनि पार्टीलाई अघि बढाउन सकिने उनको दाबी थियो। कांग्रेसले अब प्रतिपक्षमै बसेर पार्टी जीवनलाई सुधार गर्नुपर्ने पक्षमा आफू रहेको उनले उल्लेख गरे। प्रेस युनियन रूपन्देहीका अध्यक्ष कबिन्द्र नेपालको सभापतित्वमा सम्पन्न कार्यक्रम सचिव कपिल ज्ञवालीको सञ्चालन गरेका थिए।

    images

    सत्य नेपाल न्युज

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology