नेपालमा चुनावको प्रारम्भिक नतिजा आउन सुरु भएपछि संसदमा राष्ट्रिय स्वतन्त्र पार्टि कति सिट जित्ला भन्ने प्रश्न चौतर्फि चलिरहेको छ । हालसम्म चार क्षेत्रमा विजयी हासिल भईसकेको यस पार्टिका चार जना उम्मेदवार अग्रस्थानमा रहेका छन् । समानुपातिकमा यस पार्टिले तेश्रो स्थानमा मत आईरहेको छ । सामाजिक सञ्जालमात यस पार्टि देशको तेश्रो ठुलो बन्ने भन्दै समर्थकहरुले दावी गरिरहेका छन् ।
यस पार्टिका मतदाताहरु सहरि क्षेत्रमा बढि रहेका छन् । पुराना पार्टिका फ्रस्टेशनका मत यस पार्टिमा आउने गरेको छ । हाल मतगणणा भईरहेको क्षेत्र सहरि क्षेत्र रहेको छ वा सुगम स्थान रहेको छ त्यसैले राष्ट्रिय स्वतन्त्र पार्टि तेश्रो स्थानमा रहेको छ । जव मतगणणा दुर्गम स्थान तर्फ लाग्छ त्यहाँ मत काँग्रेश एमाले र माओवादीलाई धेरै आँउछ । स्वतन्त्र पार्टिलाई एकदमै कम आँउछ । दुर्गममा विकल्पमा राप्रपा हलोलाई भोट आउनसक्छ भने एकिकृत समाजवादीको पनि केहि हदसम्म आउनसक्छ । प्रत्यक्षमा जित्ने सात देखी १० सिट रास्वपाले समानुपातिकमा पनि त्यहि अनुपातले ल्याउनेछ करिव ६ देखी १० लाख मत रास्वपको आउनसक्ने देखीन्छ । तर दुर्गम स्थानहरुमा माओवादीको मत बढि आउने हुँदा रास्वप तेश्रो स्थानमा भने आउने सम्भावना न्युन रहेको छ । चौथो स्थानको लागि रास्वपलाई राप्रपा र एकिकृत समाजवादिसँग प्रतिस्पर्धा गर्नुपर्ने छ । अन्यथा छैटौ स्थानमा सुरक्षीत हुनेछ स्वतन्त्र पार्टी । जसमा आउन रास्वपलाई हालको नतिजा हेर्दा सहज जस्तै देखिन्छ ।




