रा.स., नेकपा एमाले गोकुलगंगा गाँउ पालिका अन्तर्गत वडा नम्बर ६ फर्पुमा नेकपा एमालेले आफ्नो उम्मेदवार निर्विरोध फाईनल गरेको छ । यसपटक गोकुलगंगा ईञ्चार्जको जिम्मेवारी पाएका भोला खड्काको संयोजकत्वमा तथा प्रमुख अतिथ्यतामा बसेको बैठकले बद्री खत्रीको नेतृत्वमा चुनावमा जाने तय भएको हो ।
यसपटक वडाध्यक्षमा बद्रि खत्री सदस्यमा झम्क बहादुर खड्का तथा सदस्यमा तिर्थ पाख्रीङ सर्वसहमतिमा तय भएको र अन्य सदस्यहरू भने आपसी समझदारीमा तय गरिने भोला खड्काले उदृत गर्दै श्रोतले सत्यनेपालन्युजलाई बताएको छ ।
यसअघि भोला खडेकाकै नेतृत्वमा रामेछापका विभिन्न स्थानिय निकायहरुमा दर्जनौ नेकपा एमालेमा प्रवेश गरिसकेका छन् ।




