Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

बागमती मा कांग्रेसबाट मन्त्रिपरिषद मा दुई मन्त्री

बागमती मा कांग्रेसबाट मन्त्रिपरिषद मा दुई मन्त्री

images
  • समाचार
  • चैत्र २७, २०७९ सोमवार ०६:५२ बजे
  • 307
    SHARES
  • images

     

    चैत २६ गते । आइतबार साँझ बागमती प्रदेशको मन्त्रिपरिषद सत्ता गठबन्धनका दलहरुबीचको लामो कसरतपछि  विस्तार गरिएको छ ।

    केन्द्रमा सत्ता गठबन्धनमा परिवर्तन भएसँगै भएको सत्ता समीकरण परिवर्तनपछि सत्ता गठबन्धनका दलहरुबीच भागबण्डालाई लिएर विवाद हुँदा सरकार विस्तारमा ढिलाइ हुँदै आएको थियो ।

    बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले  बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलको सिफारिशमा आइतबार साँझ मन्त्रिपरिषद विस्तार गर्नुभएको छ ।

     मन्त्री नियुक्तिसँगै नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बहादुरसिंह लामा र तीर्थबहादुर लामालाई पद तथा गोपनियताको शपथ गराउनुभएको छ ।

    बहादुरसिंह लामाले आर्थिक मामिला तथा योजना मन्त्रालय र तीर्थबहादुर लामाले खानेपानी उर्जा तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ । मन्त्रीमा नियुक्तिसँगै दुवै जनाले साँझ नै मन्त्रालय पुगेर पदभार ग्रहण गर्नुभएको छ । विस्तारित मन्त्रिपरिषदमा सत्ता गठबन्धनमा रहेको नेकपा एकीकृत समाजवादीको सहभागिता रहेको छैन ।

     मुख्यमन्त्री जम्कट्टेलले  गत पुस २६ गतेतीन सदस्यीय मन्त्रिपरिषद बनाउनु भएकोमा गत माघ ११ गते मन्त्रिपरिषद विस्तारले पूर्णता पाएको थियो । यस्तै चैत १० गते नेकपा एमालेका चार मन्त्री र गत फागुन १३ गते राष्ट्रिय प्रजातन्त्र पार्टीका तीन मन्त्रीले राजीनामा दिँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएका थिए ।

     

    images
  • सम्बन्धित विषय:

  • # minister
  • # tirtha lama
  • # bahadur lama

  • सत्य नेपाल न्युज

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology