Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

गमती प्रदेशसभाको बजेट अधिवेशन यही वैशाख ३१ गते दिउँसो १ बजेका लागि आह्वान

गमती प्रदेशसभाको बजेट अधिवेशन यही वैशाख ३१ गते दिउँसो १ बजेका लागि आह्वान

images
  • समाचार
  • बैशाख २९, २०८१ शनिवार ०९:२१ बजे
  • 199
    SHARES
  • images

    हेटौडा  । बागमती प्रदेशसभाको बजेट अधिवेशन यही वैशाख ३१ गते दिउँसो १ बजेका लागि आह्वान गरिएको छ । 

    प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिम बागमती प्रदेश सरकार मन्त्रिपरिषद्को निर्णय र सिफारिस बमोजिम प्रदेशसभाको बजेट अधिवेशन आह्वान गरेका हुन् ।

    बागमती प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले आगामी जेठ ४ गते प्रदेशसभा अन्तर्गतका विभिन्न पाँच वटा समितिको सभापति पदको निर्वाचन गर्ने विषयमा सबै दलबीच सहमति भएको बताए ।

    सभामुख पाठकले जेठ ४ गतेसम्म सहमतिको प्रयास गर्ने र सम्भव नभए निर्वाचनमार्फत सभापतिको चयन गर्ने बताएका छन् । प्रदेशसभाको नियमावली २०७४ अनुसार प्रदेशसभामा पाँच वटा विभिन्न समितिहरु रहने व्यवस्था छ ।

    प्रदेशसभामा अहिले प्रदेश मामिला समिति, सार्वजनिक लेखा समिति, कृषि, स्वास्थ्य तथा शिक्षा समिति, पर्यटन, उद्योग तथा वाणिज्य समिति, र भूमी तथा सहकारी व्यवस्था समिति छन् ।

    images

    सत्य नेपाल न्युज

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology