Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

पत्रकार सम्मेलन मार्फत स्थानीय चुनाव केन्द्रित अभियान घोषणा गर्दै देउवा

पत्रकार सम्मेलन मार्फत स्थानीय चुनाव केन्द्रित अभियान घोषणा गर्दै देउवा

images
  • राजनीति
  • फाल्गुण २५, २०७८ बुधवार १४:३५ बजे
  • 754
    SHARES
  • पत्रकार सम्मेलन मार्फत स्थानीय चुनाव केन्द्रित अभियान घोषणा गर्दै देउवा
    images


    काठमाडौँ, फागुन २५ । नेपाली कांग्रेसले स्थानीय चुनाव केन्द्रित घरदैलो अभियान सञ्चालन गर्ने भएको छ।

    फागुन २९ देखि चैत २९ सम्म एक महिने 'घरघर जाऔं कांग्रेस जिताऔ' अभियान घोषणा गर्ने तयारी छ। आज अपरान्ह ३ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा प्रधानमन्त्री अर्थात पार्टी सभापति शेरबहादुर देउवाले स्थानीय तह केन्द्रित चुनावी अभियान घोषणा गर्ने कार्यक्रम छ।

    पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले घरदैलो अभियान सञ्चालन गर्न लागिएको तथा आवश्यक तयारी र रणनीतिबारे सभापति देउवाको उपस्थितिमा कार्यक्रमबारे जानकारी गराउन लागिएको बताए। कांग्रेसले घरदैलो अभियानका लागि ७७ जिल्लामा केन्द्रीय प्रतिनिधि खटाइसकेको छ।

    फागुन २७ भित्र केन्द्रीय प्रतिनिधि जिल्लामा पुगिसक्नुपर्ने हुन्छ। केन्द्रीय सदस्यहरूलाई केन्द्रीय प्रतिनिधिका रूपमा जिल्ला र स्थानीय तह खटाइएको हो। सभापति देउवाले केन्द्रीय प्रतिनिधिलाई जिल्ला जानुअघि मंगलबार निर्देशन दिँदै गठबन्धन दल र प्रमुख प्रतिपक्षी एमालेलाई चित्त दुख्ने गरी अभिव्यक्ति नदिन भनेका थिए। उनले पार्टीका उम्मेदवारले जित्ने गरी चुनावी अभियान प्रभावकारी बनाउनसमेत निर्देशन दिएका थिए।

    images
  • सम्बन्धित विषय:

  • # deuwa
  • # nepali congress

  • images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology