काठमाडौं, फागुन २५ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा अहिले मध्यम वर्गीय व्यवसायीको विकास भएको बताएका छन्।
बुधबार नेपाल उद्योग व्यावसायी महासंघ केन्द्रीय तदर्थ समितिको पूर्ण बैठकमा अध्यक्ष दाहालले व्यवसायको क्षेत्रमा एक–दुई दशक अगाडिको तुलनामा अहिले ठूलो मात्रामा मध्यम वर्गीय व्यवसायीको विकास भएको बताएका हुन्। उनका अनुसार सङ्ख्यात्मक तुलनामा हेर्ने हो भने, मध्यम वर्गीय व्यवसायीको सङ्ख्या ठूलो छ र उनीहरुको संगठिग, संस्थागत, नीतिगत र वैचारिक स्पष्टतासहित आन्दोलित हुने हो भने ठूला व्यवसायीहरुले गर्ने विकृति, विसंगतिहरुलाई नियन्त्रण गर्न सक्छन्।
सार्वजनिक, नीजि र सहकारीको साझेदारीमा नयाँ खालको आर्थिक मोडलको विकास गर्न प्रतिवद्ध रहेको समेत उनले बताए। ‘हामी समाजवादउन्मुख मान्यताका पनि पक्षपाती हौं । सार्वजनिक नीजि र सहकारीको साझेदारीमा नयाँ खालको आर्थिक मोडेलको विकास गर्न पनि प्रतिवद्ध छौं,’ उनले भने।




