काठमाडौं, फागुन २५ । नेकपा एकीकृत समाजवादी दलका अध्यक्ष माधवकुमार नेपालले अहिले गठबन्धन दलहरु बीचमा विश्वास कायम रहेको बताएका छन्। पार्टी केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले गठबन्धन दलहरु बीचको विश्वास तोड्नलाई षड्यन्त्र भएको बताए।
एमसीसीको बिरोधमा लागेका प्रति संकेत गर्दै उनले भने, ‘एमसीसीका बारेमा अत्यन्तै गम्भीर कुरा फेसबुकमा लेख्नुभएको छ। गल्ती स्वीकार गर्नुहोस् । स्पष्टिकरण रोध्नुपर्ने नहोस्। ती कुराहरु आपत्तिजनक छन्। पार्टीले सहन सक्दैन। बहुमतको निर्णय पार्टीको निर्णय हुन्छ।’
उनले एमसीसी पास नगरेको भए सभामुख हटाउने, आफूसहित १४ सांसदको पद खारेज गर्ने र नेकपा एसको वैधानिकता नै समाप्त पारेर आफूहरुलाई घर न घाटको बनाउने षड्यन्त्र भएको बताए।




