Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

सभापति देउवाद्वारा चुनावमा पार्टीलाई बलियो बनाउन कार्यकर्तालाई निर्देशन

सभापति देउवाद्वारा चुनावमा पार्टीलाई बलियो बनाउन कार्यकर्तालाई निर्देशन

images
  • राजनीति
  • फाल्गुण २४, २०७८ मंगलवार १६:४३ बजे
  • 361
    SHARES
  • images

    काठमाडौं, फागुन २४ । प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीयदेखि सङ्घीय तहमा हुन गइरहेको निर्वाचनमा पार्टीलाई बहुमत दिलाउन नेता, कार्यकर्तालाई निर्देशन दिएका छन्।

    आज पार्टी कार्यालयमा बसेको पार्टीका शीर्ष नेता र केन्द्रीय सदस्यको बैठकमा उनले सानातिना मतभेदलाई बिर्सेर पार्टीलाई बहुमत दिलाउन आग्रह गर्दै काँग्रेसको पक्षमा माहोल बनाउनुपर्नेमा जोड दिए।

    सभापति देउवाले पार्टीले सञ्चालन गर्ने चुनाव प्रचार अभियानमा वर्तमान सत्तारूढ गठबन्धनको विरोध नगर्न समेत आग्रह गरेको बैठकमा सहभागी केन्द्रीय सदस्य नैनसिंह महरले बताए। काँग्रेसले आसन्न चुनाव लक्षित गरेर यही २९ फागुनदेखि एक महिनासम्म देशभर चुनाव प्रचार अभियान सञ्चालन गर्ने निर्णय गरिसकेको छ। 

    बैठकमा नेता महरले ‘घरघर जाऔँ काँग्रेस जिताऔँ’ को सट्टा ‘निःशुल्क स्वास्थ्य र शिक्षासँगै सर्वसुलभ यातायात, सञ्चार र रोजगार, जनताको अधिकार र काँग्रेसको कार्यभार’ नारा राख्नुपर्ने प्रस्ताव राखे। आगामी निर्वाचनलाई लक्षित गरी अभियान र रणनीति तय केन्द्रीय समितिको बैठकबाटै हुनुपर्ने उनको भनाइ छ। गठबन्धन गर्दा स्थानीय स्तरको आवश्यकता अनुसार गर्न दिनुपर्नेमा उनल् जोड दिए।

    images
  • सम्बन्धित विषय:

  • # nepali congress

  • images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology