Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

देश बनाउने जिम्मेवारी आफ्नो दलको प्राथमिकतामा: केपी ओली

देश बनाउने जिम्मेवारी आफ्नो दलको प्राथमिकतामा: केपी ओली

images
  • राजनीति
  • फाल्गुण २४, २०७८ मंगलवार १३:३७ बजे
  • 412
    SHARES
  • देश बनाउने जिम्मेवारी आफ्नो दलको प्राथमिकतामा: केपी ओली
    images

    काठमाडौं, फागुन २४ । एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देश बनाउने जिम्मेवारी आफ्नो दलको प्राथमिकतामा रहेको बताएका छन्। नेकपा एमाले गण्डकी प्रदेश कमिटिद्वारा आज पोखरामा आयोजित पार्टी प्रवेश कार्यक्रममा उहाँले एमालेका कार्यकर्ता पद तथा ओहोदाका लागि नभइ समाज निर्माणमा क्रियाशील हुनुपर्नेमा जोड दिए।   

    आम जनतालाई मनपर्ने गरी काम गर्न कार्यकर्तालाई निर्देशन दिँदै अध्यक्ष ओलीले सामाजिक न्याय र समानताका क्षेत्रमा पार्टी निरन्तर लागिरहेको बताए। आफ्नो दल लोकतन्त्रको मूल्य मान्यता, स्वच्छता, पारदर्शीता आदिलाई आत्मसात् गर्दै अघि बढिरहेको छ भन्दै उहाँले एमालेको विचार, व्यवहार र निष्ठा अन्यसँग तुलना गर्न नमिल्ने जिकिर गरे।   

    विभिन्न दलबाट एमाले प्रवेश गरेका कार्यकर्तालाई स्वागत गर्दै अध्यक्ष ओलीले पार्टीको सिद्धान्तअनुसार देश र जनताका पक्षमा क्रियाशील हुन आग्रह गरे।

    अन्तर्राष्ट्रिय नारी दिवसबारे चर्चा गर्दै अध्यक्ष ओलीले नेपालमा महिला सशक्तिकरण बढेको र आफूलाई प्राप्त जिम्मेवारीलाई उनीहरूले सफलताका साथ वहन गरिरहेको बताए। 

     

     

    images
    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology