Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

स्थानीय चुनाव केन्द्रित छलफल गर्न एकीकृत समाजवादीको भोलिदेखि केन्द्रीय कमिटी बैठक

स्थानीय चुनाव केन्द्रित छलफल गर्न एकीकृत समाजवादीको भोलिदेखि केन्द्रीय कमिटी बैठक

images
  • राजनीति
  • फाल्गुण २४, २०७८ मंगलवार १३:०९ बजे
  • 382
    SHARES
  • images

    काठमाडौं, फागुन २४ । स्थानीय तहको चुनावबारे छलफल र आवश्यक रणनीति तय गर्न नेकपा एकीकृत समाजवादीले केन्द्रीय कमिटी बैठक बोलाएको छ।

    बुधबार र बिहीबार केन्द्रीय कमिटी बैठक बस्ने भएको छ। सोमबार पोलिटव्यूरो बैठक गरेर केन्द्रीय कमिटीका एजेन्डा तय गरिएका छन्। पोलिटव्यूरो बैठकमा अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदन पेश गरेका थिए। उक्त प्रतिवेदनमाथि आएका सुझावलाई समावेश गरेर परिमार्जनसहित अध्यक्ष नेपालले केन्द्रीय कमिटीमा प्रतिवेदन पेश गर्नेछन्।

    पार्टी प्रवक्ता जगन्नाथ खतिवडाका अनुसार स्थानीय चुनाव केन्द्रित र समसामयिक राजनीतिक घटनाक्रमबारे केन्द्रीय कमिटीमा छलफल गर्ने तयारी छ।

    images
  • सम्बन्धित विषय:

  • # nekapa eakakrit samajbadi

  • images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology