Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

आसन्न स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीले ठूलो सफलता प्राप्त गर्ने नेपालको दावी

आसन्न स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीले ठूलो सफलता प्राप्त गर्ने नेपालको दावी

images
  • राजनीति
  • फाल्गुण २३, २०७८ सोमवार १६:४० बजे
  • 1.1K
    SHARES
  • images

    काठमाडौं, फागुन २३ । सत्तारूढ नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आसन्न स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीले ठूलो सफलता प्राप्त गर्ने दाबी गरेका छन्।

    सोमबार रामेछाप जिल्लाबाट विभिन्न पार्टी परित्याग गरी एकीकृत समाजवादीमा प्रवेश गर्नेलाई काठमाडौंमा स्वागत गर्दै अध्यक्ष नेपालले आसन्न स्थानीय तह निर्वाचनमा अन्य पार्टीहरुसँग तालमेल गरी ठूलो सफलता हात पार्ने बताएका हुन्।

    पार्टी आगामी चुनावलाई केन्द्रीत भएर टोल–टोलमा संगठन विस्तार र परिचालनमा लागेकोसमेत उनले बताएका छन्। यसैबीच, नेकपा (एकीकृत समाजवादी) को सोमबार पोलिटब्युरोको प्रथम बैठक काठमाडौंस्थित एक ब्याङ्क्वेटमा सुरु भएको छ।

    पोलिटब्युरो बैठकमा अध्यक्ष नेपालले समसामयिक राजनीतिक परिस्थिति र पार्टीको आगामी कार्ययोजनासहितको राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका पार्टीका उपमहासचिव तथा प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए। 

     

    images
  • सम्बन्धित विषय:

  • # nekapa eakakrit samajbadi

  • images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology