Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

माओवादी केन्द्रमा थप ९७ केन्द्रीय सदस्य मनोनित

माओवादी केन्द्रमा थप ९७ केन्द्रीय सदस्य मनोनित

images
  • राजनीति
  • फाल्गुण २३, २०७८ सोमवार १५:१३ बजे
  • 1.5K
    SHARES
  • माओवादी केन्द्रमा थप ९७ केन्द्रीय सदस्य मनोनित
    images

    काठमाडौं, फागुन २३। नेकपा माओवादी केन्द्रले केन्द्रीय समितिमा ९७ जना मनोनित गरेको छ। सोमबार बसेको केन्द्रीय समितिको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय समितिमा ९७ जना थप गरेका हुन्।

    केन्द्रीय समितिमा अध्यक्ष प्रचण्डकी छोरी गंगा दाहाल, ज्वाईं जीवन आचार्य पनि मनोनित भएका हुन्। त्यस्तै वाईसीएलका अध्यक्ष सुमन देवकोटा, प्रचण्डका स्वकीय सचिव रमेश मल्ल पनि केन्द्रीय सदस्यमा मनोनित भएका माओवादी केन्द्र स्रोतले जनाएको छ। माओवादी केन्द्रले गत पुसमा भएको महाधिवेशनबाट २४७ जना केन्द्रीय सदस्य चयन गरेको थियो।

    images
  • सम्बन्धित विषय:

  • # nekapa maobadi kendra

  • images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology