काठमाडौं, फागुन २३ । सत्ता साझेदार दल नेकपा ९एकीकृत समाजवादी०को पोलिट्ब्यूरोको प्रथम बैठक बानेश्वरमा जारी छ।
बैठक करिब एक घण्टादेखि बैठक जारी रहेको अध्यक्ष माधवुमार नेपालका स्वकीय सचिव मोहन गौतमले जानकारी दिए। राजनीतिक दलहरु स्थानीय तहको चुनाव केन्द्रीत रहँदै आएका छन्।
अध्यक्ष नेपालले पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधिसभा संसद निरन्तर अवरुद्ध गर्दै आएकोमा संसद विघटन अर्को विकल्प हुन सक्ने पछिल्लो धारणा राखेका थिए। बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको छ।




