काठमाडौं, फागुन २३ । सत्ता साझेदार दल नेकपा ९माओवादी केन्द्र०को केन्द्रीय कार्य समितिको बैठक केही बेरमा बस्दैछ।
माओवादीको आठौं महाधिवेशन पश्चात् अध्यक्षबाहेक बाँकी रहेका अन्य पदाधिकारी एवम् कार्य समितिको पूर्णताका विषयमा बैठकमा छलफल हुने जनाइए पनि आजको बैठकमा यो कुनै पनि विषय प्रवेश नहुने केन्द्रीय कार्यालयका सचिव डोरप्रसाद उपाध्यायले बताए।
‘यसबाहेक कार्य समितिलाई पूर्णता दिने विषयमा नीतिगत छलफल र निर्णय हुने सम्भावना रहेको छ। तर, आजको बैठकमा चुनाव केन्द्रीत दुई महिने अभियानको विषयमा छलफल हुन्छ, उपाध्यायले बताएका छने। बैठक काठमाडौंको बत्तीसपुतलीस्थित अनुपम फुड ल्याण्डमा बस्नेछ। माओवादीको फागुन २० गते शुक्रबार राष्ट्रियसभा गृहमा सुरु भएको केन्द्रीय समितिको बैठक शनिबार थप गृहकार्य गरेर आइतबार बस्ने भनिए पनि स्थगित भएको थियो ।
यसअघिको बैठकमा माओवादीका नारायणकाजी श्रेष्ठलगायतका नेताहरुले संसदबाट अनुमोदन भइसकेको मिलिनियम् च्यालेन्ज कर्पोरेशन एमसीसी परियोजना सम्बन्धमा फरक मत राखेका थिए। त्यसो त, एमसीसी अनुमोदन लगत्तै पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसी अनुमोदनबारे पत्रकार सम्मेलनामार्फत् थप कुरा स्पष्ट पारेका थिए।




