Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

माधवकुमार नेपालले दिए प्रतिनिधिसभा विघटन हुन सक्ने अभिव्यक्ति

माधवकुमार नेपालले दिए प्रतिनिधिसभा विघटन हुन सक्ने अभिव्यक्ति

images
  • राजनीति
  • फाल्गुण २२, २०७८ आइतवार १४:५२ बजे
  • 397
    SHARES
  • images

    काठमाडौं, फागुन २२ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधिसभा विघटन हुन सक्ने अभिव्यक्ति दिएका छन्।

    आइतबार संघीय संसद भवन नयाँ बानेश्वरमा पत्रकारहरुको प्रश्नको जवाफ दिँदै उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको वितण्डा सामना गर्न पनि संसद भंग गर्नुपर्ने बताएका हुन्। ‘हाउस चल्न पनि नदिने, केही गतिविधि गर्न नदिने, भत्तासत्ता खाने, हामीलाई पनि हैरान पार्ने’ अध्यक्ष नेपालले भने, ‘त्यस्तो हो भने त्यो भन्दा पहिले नै संसदले नै केपी ओलीको वितण्डाको सामना गर्नलाई यो सब भंग गरिदिने, न संसद रहन्छ न हंगामा गर्ने ठाउँ नै रहन्छ । चुनावमा जान्छ ।’

    भदौ २३ देखि नेकपा एमालेले निरन्तर संसद बैठकमा अवरोध गर्दै आएको छ। माधव नेपालसहितका २३ सांसदलाई पार्टीले निष्कासनको कारबाही गरेर संसदलाई जानकारी गराउँदा सभामुख अग्निप्रसाद सापकोटाले सूचना टाँस नगरेको भन्दै एमालेले संसद अवरोध गरिरहेको छ।

     

    images
    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology