काठमाडौं, फागुन ११। गृहमन्त्री बालकृष्ण खाँण र प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । एमाले अध्यक्ष ओलीको निजी निवास बालकोटमा बुधबार बिहान भएको हो ।
उहाँहरुबीच वर्तमान अवस्थामा संसद् कसरी सुचारु गर्नेलगायत समसामयिक राजनीतिमा देखिएका समस्यालाई कसरी समाधान गर्ने भन्ने सन्दर्भमा छलफल भएको छ । अध्यक्ष ओलीले भने प्रमुख प्रतिपक्षी दलको हैसियतले एमालेले असहमतिका कुरा राख्नुभयो । राष्ट्रको सम्पत्ति भत्काउने जस्ता गतिविधि आश्चर्यजनक रहेको यसप्रति सरकार गम्भीर हुनुपर्नेमा ओलीले ध्यानाकर्षण गराउनुभयो।
यसबाहेक सदनमा प्रवेश भइसकेका मिलिनियम च्यालेन्ज कर्पोरेशन एमसीसी कम्प्याक्ट् जस्ता विषयहरु अगाडि बढाउन सदनमा विरोधको अन्त्य हुनुपर्ने धारणा गृहमन्त्री खाँणले राख्नु भयो । एमाले अध्यक्ष ओलीले मङ्गलबार राती प्रधानमन्त्री शेरबहादुर देउवासँग प्रधानमन्त्री निवास बालुवाटारमा भेट गर्नुभएको थियो । यससँगै आज बिहान साढे ९ बजेदेखि करिब आधा घण्टा गृहमन्त्री खाँण र ओलीबीच छलफल भएको हो ।




