Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

रामचन्द्र पौडेल र प्रचण्डबीच भेट

रामचन्द्र पौडेल र प्रचण्डबीच भेट

images
  • राजनीति
  • फाल्गुण ९, २०७८ सोमवार १५:३३ बजे
  • 871
    SHARES
  • रामचन्द्र पौडेल र प्रचण्डबीच भेट
    images

    काठमाडौं, फागुन ९ । सत्तारुढ दल नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच सिंहदरबारमा भेटवार्ता जारी छ ।

    अमेरिकी आर्थिक सहायता मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता र गठबन्धनका विवषयमा छलफल गर्न काँग्रेसन नेता पौडेल र माओवादी अध्यक्ष प्रचण्डबीच छलफल भएको पौडेलका स्वकिय सचिव चिरञ्जीवी अधिकारीले बताउनुभयो ।

    यसलगत्तै पौडेलले सत्ता साझेदार दलहरु नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग पनि भेट गर्नुहुने उहाँले जानकारी दिनुभएको छ ।

    आइतबारको प्रतिनिधिसभा संसद बैठकमा एमसीसी टेबुल भएको छ । यससँगै काँग्रेसले एमसीसी पास गर्नुपर्नेमा जोड दिएको छ ।

    काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले भने गठबन्धन जोगाउनुपर्ने बताउदै आउनुभएको छ ।

    images
    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology