जेठ ५, काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट एकै दिन २४६ जनाको मृत्यु भएको छ । त्यस्तै थप ८१७३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको र संक्रमणमुक्त हुनेको संख्या ७, ९८९ रहेको छ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
एकै दिन कोरोना संक्रमणबाट मृत्यु हुने यो संख्या अहिलेसम्मकै उच्च हो । यसअघि वैशाख २८ गते २२५ जनाको मृत्यु भएको थियो ।




