Logo

बिहिवार, आश्विन ८ गते २०८३

ताजा अपडेट :

टुँडिखेलको सीप मेला अवलोकनपछि मेयर हमालक‍ोप्रस्ताव- धनगढीमा पनि गरौं

टुँडिखेलको सीप मेला अवलोकनपछि मेयर हमालक‍ोप्रस्ताव- धनगढीमा पनि गरौं

images
  • समाचार
  • बैशाख २६, २०८१ बुधवार १९:४६ बजे
  • 568
    SHARES
  • टुँडिखेलको सीप मेला अवलोकनपछि मेयर हमालक‍ोप्रस्ताव- धनगढीमा पनि गरौं
    images

    धनगढी, २६ वैशाख । धनगढी उपमहानगरपालिकाका मेयर गाेपाल हमालले काठमाडौंको टुँडिखेलमा आयोजना भइरहेको सीप मेलाको अवलोकन गरेका छन्। बधबार बिहान उनले सीप मेलाको स्थलगत अवलोकन गरेका हुन्। सीप मेलाकाे अवलाेकनपछि उनले युवाहरूलाई स्वराेजगार बनाउन निकै सहयाेग पुग्ने विश्वास व्यक्त गरे। उनले धनगढीमा पनि यस्तै खालकाे सीप मेलाकाे आयाेजना गर्न साझेदारहरूलाई प्रस्ताव गरे। 

    'युवाहरूसँग डिग्रीकाे प्रमाणपत्रभन्दा सिपालु हात हुनुपर्ने अहिलेकाे खाँचाे हाे। यस्ताे खालकाे सीप मेलाले युवालाई आत्मनिर्भर बनाउन मद्दत गर्छ। धनगढीमा पनि यस्तै सीप मेला आयाेजना गर्न हामी तयार छाैँ,' मेयर हमालले भने, 'तपाईंहरू आउनुहाेस्। हामी सहकार्य गर्न तयार छाैँ।' 

    उनले बजारकाे मागअनुसार सीप र तालिम प्रदान गर्नुपर्ने बताए। 'हिजाे तालिमका नाममा तालिमकाे ठेक्का पाउनेहरू मात्रै राेजगार भए,' हमालले भने, 'अब त्यसरी हुँदैन। तालिम लिएकाहरू साँच्चिकै राेजगार हुनेगरी काम हुनुपर्छ।'

    काठमाडौं महानगरपालिका र नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघकाे सहकार्यमा टुँडिखेलमा आयाेजना भइरहेकाे सीप मेलामार्फत एक महिनामा २ हजार ८१ जनालाई रोजगारीमा जोड्ने लक्ष्य राखिएकाे छ। शिक्षालाई सीपसँग, सीपलाई श्रमसँग र श्रमलाई बजारसँग जोड्नका लागि मेलाको अवधारणा अघि सारिएको महासंघका महासचिव छत्र बमले बताए।

    उनले सीप सिक्नका लागि १५ हजारभन्दा धेरै युवाकाे आवेदन परेकाे बताउँदै आगामी दिनमा सबैलाई तालिमकाे अवसर दिएर राेजगारीसँग जाेड्ने लक्ष्य लिइएकाे बताए। राज्यका विभिन्न निकायहरूबाट पनि सकारात्मक प्रतिक्रिया आएकाे उनले बताए।

    images

    सत्य नेपाल न्युज

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology