२०७८ माघ ०१ गते , शनिबार
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिवार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा नेपालमा ४ हजार ६३६ जना कोरोना संक्रमित थपिएका छन्।
शनिवार पिसिआर परीक्षणबाट ३ हजार ७०३ र एन्टिजेन परीक्षणबाट ९३३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट ४ जनाको मृत्यु भएको छ भने ३५० जना संक्रमणबाट मुक्त भएका छन्।
नेपालमा देशभर २१ हजार ५ सय ८४ जना कोरोनाका सक्रिय संक्रमित छन्।




