Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

कोरोना विरुद्ध बुस्टर खोप भोलिदेखि दिइने

कोरोना विरुद्ध बुस्टर खोप भोलिदेखि दिइने

images
  • 1.1K
    SHARES
  • कोरोना विरुद्ध बुस्टर खोप भोलिदेखि दिइने
    images

    माघ १। नेपाल  सरकारले भोलिदेखि कोरोना भाइरस विरुद्धको ‘बुस्टर’ मात्रा खोप दिने भएको छ । माघ २ गतेदेखि अग्रपङ्क्तिमा काम गर्ने व्यक्तिलाई र माघ १४ गतेदेखि ६० वर्षभन्दा माथिका सबै ज्येष्ठ नागरिक र खोपको पूर्ण मात्रा लगाएको ६ महिना पूरा भएका व्यक्तिलाई ‘बुस्टर’ मात्राको खोप दिइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 
        
    कोरोना भाइरसविरुद्धको ‘बुस्टर’ डोजका लागि मन्त्रालयले प्रदेश स्वास्थ्य निर्देशनालय, प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र र ७७ वटै स्वास्थ्य कार्यालयलाई निर्देशन दिइसकेको छ । ‘बुस्टर’ डोज कोरोना भाइरसविरुद्धको पूर्ण मात्रा खोप लगाएका छ महिना पूरा भएका व्यक्ति, अग्रपङ्क्ति र ६० वर्षभन्दा माथिका तथा रोग प्रतिरोधात्मक क्षमता कम भएका सबैलाई दिइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

    images

    सत्य नेपाल न्युज

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology