पुस २८ गते,काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा २४ सय ४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा. संगीता मिश्राका अनुसार ९ हजार ५१ जनाको पीसीआर परीक्षण गर्दा २४ सय ४८ जनामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार गरेकाे पत्रकार सम्मेलनमा प्रवक्ता डा. मिश्राले दिनुभएकाे जानकारी अनुसार २४ घण्टामा २७८ जनाले कोरोना जितेका छन्।त्यसैगरी तीन हजार ९८५ जनाको एन्टीजेन परीक्षण गर्दा ६२७ जनामा संक्रमण पुष्टि भएको छ ।
अहिले सक्रिय संक्रमितको संख्या ११ हजार ६९० पुगेको मन्त्रालयले जनाएको छ । २४ घण्टामा दुई लाख १४ हजार ५७ जनाले खोप लगाएका छन् ।त्यसैगरी बुधबार कोरोनाले दुई जनाको मृत्यु भएको छ ।




