Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

नेपाली कांग्रेसको १४औँ महाधिवेशन बाट सभापतिमा शेरबहादुर देउवा निर्वाचित

नेपाली कांग्रेसको १४औँ महाधिवेशन बाट सभापतिमा शेरबहादुर देउवा निर्वाचित

images
  • 1.3K
    SHARES
  • नेपाली कांग्रेसको १४औँ महाधिवेशन बाट सभापतिमा शेरबहादुर देउवा निर्वाचित
    images

    नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत मंगलबार भएको दोस्रो चरणको मतदानबाट सभापतिमा शेरबहादुर देउवाले २ हजार ७३३ मत ल्याएर दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन्। निर्वाचनमा कुल खसेको ४६२३ मत मध्ये  देउवाका प्रतिद्वन्द्वी डा. शेखर कोइरालाले १८५५ मत ल्याए । ३५ मत बदर भएको निर्वाचन समितिले जनाएको छ ।पहिलो चरणको निर्वाचनमा कुनै पनि सभापतिका उम्मेदवारहरूले ५० प्रतिशत कटाउन नसक्दा दोस्रो चरणमा निर्वाचन भएको थियो । दोस्रो चरणमा सबैभन्दा बढी मत ल्याउने देउवा र कोइरालाको प्रतिस्पर्धा थियो ।

    पहिलो चरणमा सभापति लडेका र  कम मत ल्याउने तीनै जना प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ ले देउवालाई समर्थन गरेका थिए ।

    press release:

    p release.jpg

    images

    सत्य नेपाल न्युज

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology