काठमाडौं । नेकपा (एमाले) केन्द्रीय कमिटीको दोस्रो बैठकले एमाले नेताहरुको कार्यविभाजन गरेको छ। अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेल लाई पार्टीको समग्र जिम्मेवारी दिइएको छ।
एमालेको महत्वपूर्ण विभाग मानिने संगठन विभाग प्रमुखमा खगराज अधिकारी नियुक्त भएका छन् । त्यस्तै अर्को महत्वपूर्ण विभाग स्कुलमा प्रदीप ज्ञवाली चयन भएका छन् । प्रचार विभाग पृथ्वीसुब्बा गुरुङले र योगेश भट्टराईले स्वास्थ्य तथा जनसंख्या विभागको जिम्मेवारी पाएका छन्।
- केपी ओली : समग्र पार्टी
- ईश्वर पोखरेल : नीति अनुसन्धान प्रतिष्ठान
- युवराज ज्ञवाली : स्थानीय तह प्रदेश र संघ
- अष्टलक्ष्मी शाक्य : राजनीतिक समन्वय
- रामबहादुर थापा बादल : राष्ट्रिय सुरक्षा
- विष्णु पौडेल : पार्टी संगठन अनुगमन
- सुवास नेम्वाङः ससदिय अनुगमन
- सुरेन्द्र पाण्डेः राजकीय मामिलाको जिम्मेवारी
- महासचिव : समग्र पार्टी
- प्रदीप ज्ञवाली : स्कुल विभाग
- पृथ्वीसुब्बा गुरुङ : प्रचार विभाग
- विष्णु रिमालः आर्थिक लेखा लगायत
- स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख : योगेश भट्टराई
- कार्यालय सचिव : भीष्म अधिकारी
- संगठन विभाग : खगराज अधिकारी




