मङ्सिर २२ गते । पछिल्लो २४ घण्टामा नौ हजार १६८ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा २५५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै, तीन हजार छ जनामा एन्टीजेन परीक्षण गरिएकोमा २५ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा ३६६ जना कोरोनामुक्त भएको र नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९७.८ प्रतिशत रहेको जनाएको छ ।
यसैगरी सोही अवधिमा दुई जना सङ्क्रमितको मृत्यु भएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा दुई लाख ८३ हजार १३२ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।





