Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

सार्वजनिक सूचना प्रकाशित गरी राष्ट्रिय परीक्षा बोर्डको अध्यक्षका लागि दरखास्त आह्वान

सार्वजनिक सूचना प्रकाशित गरी राष्ट्रिय परीक्षा बोर्डको अध्यक्षका लागि दरखास्त आह्वान

images
  • शिक्षा
  • कार्तिक २५, २०७८ बिहिवार ०९:०२ बजे
  • 1.2K
    SHARES
  • images

    २५ कात्तिक, काठमाडौं । माध्यमिक शिक्षा परीक्षाको सन्चालन, समन्वय र व्यवस्थापनको काम गर्ने राष्ट्रिय परीक्षा बोर्डको अध्यक्षका लागि दरखास्त आह्वान भएको छ ।

    राष्ट्रिय परीक्षा बोर्डको अध्यक्षका लागि बोर्ड अध्यक्ष नियुक्तिका लागि सिफारिस समितिले सार्वजनिक सूचना प्रकाशित गरी आगामी मंसिर ९ गतेभित्र दरखास्त आह्वान गरेको छ । तत्कालीन अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलको चार वर्षे कार्यकाल सकिएपछि गत असोजदेखि बोर्डको अध्यक्ष पद रिक्त छ । बोर्ड अध्यक्ष हुनका लागि मान्यताप्राप्त विश्वविद्यालयबाट कम्तिमा स्नातकोत्तर उपाधि गरेको, प्राध्यापन क्षेत्रमा बाह्र वर्षको अनुभव हासिल गरी सोही समयमा परीक्षा व्यवस्थापन र सञ्चालन कार्यमा कम्तीमा तीन वर्षसहितको अनुभव  भएको,दरखास्त दिंदाका बखत कुनै राजनीतिक दलको सदस्य नभएको, हुनुपर्ने लगायतका योग्यता तोकिएको छ ।

    शिक्षा मन्त्रालयको वेबसाइटबाट डाउनलोड गरेर दरखास्त फारम भर्न सकिने र शिक्षा मन्त्रालयमा बुझाउन सकिने छ । दरखास्तसँगै चार वर्षको व्यवसायिक कार्ययोजना तथा  बोर्डको नेतृत्व गर्ने सम्बन्धी अवधारणा पत्र पनि पेश गर्नुपर्ने छ ।

    Notice.jpg 

    images
  • सम्बन्धित विषय:

  • # राष्ट्रिय परीक्षा बोर्ड

  • सत्य नेपाल न्युज

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology