चितवनमा हुन लागेको दशौँ महाधिवेशनका लागि आफ्ना सात लाख २० हजार कार्यकर्ताबाट एक एक सय रुपैयाँ उठाउने भएको छ। १९ सय ९९ महाधिवेशन प्रतिनिधिसहित करिब २५ सय जना सहभागी हुने महाधिवेशनको खर्च धान्न उक्त निर्णय गरिएको एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले यसबारे जानकारी दिएका हुन्। उनले महाधिवेशन सफल बनाउन एमालेले कसैसँग चन्दा नलिने पनि बताएका छन्।
महाधिवेशनका लागि प्रत्येक पार्टी सदस्यबाट कम्तीमा पनि एक सय रुपैयाँ अनलाइन सिस्टमबाट जम्मा गर्दैछौँ', भट्टराईले भने, 'हाम्रा आजका मितिसम्म ७ लाख २० हजार पार्टी सदस्य छन्। तर यसको अन्तिम रेकर्ड आउन बाँकी छ। महाधिवेशनका लागि ७ लाख २० हजार पार्टी सदस्यबाट ७ करोड २० लाख रुपैयाँ उठाउँछौँ।'
उनले एक पार्टी सदस्यले एक सय रुपैयाँ मोबाइल या बैंकमार्फत राष्ट्रिय वाणिज्य बैंक टेकु शाखास्थित खाता जम्मा गर्ने बताए। 'हैसियत हुनेले धेरै रकम जम्मा गर्न पनि सक्छन्', उनले भने, 'तर एक सय रुपैयाँ चाहिँ सबै पार्टी सदस्यका लागि अनिवार्य हो।'




