जापानको लिवरल डेमोक्रेटिक पार्टी (एलडीपी)का अध्यक्ष फुमिओ किशिदा फेरि प्रधानमन्त्रीमा निर्वाचित भएका छन् । संसदको विषेश अधिवेशनले उनलाई बहुमतका साथ निर्वाचित गरेको छ ।
पार्टीको अधिवेशनबाट गत अक्टोबर ३१ मा उनी फेरि अध्यक्षमा निर्वाचित भएपछि अहिले प्रधानमन्त्रीमा पनि निर्वाचित भएका हुन् । गत अक्टोबर ४ मा पहिलो पटक प्रधानमन्त्रीमा निर्वाचित भएका किशिदाले अहिले दोस्रो पटक प्रधानमन्त्रीको जिम्मेवारी पाएका हुन् ।
उनी मन्त्रीपरिषद्को सदस्यमा आफ्नो पहिलो कार्यकालका सहयात्रीहरुलाई नै निरन्तरता दिने अपेक्षा गरिएको छ





