Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

ट्रम्पविरुद्ध पोर्नस्टारको अदालतमा बयान

ट्रम्पविरुद्ध पोर्नस्टारको अदालतमा बयान

images
  • समाचार
  • बैशाख २७, २०८१ बिहिवार ०९:३९ बजे
  • 568
    SHARES
  • images

    काठमाडौँ । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि एक पोर्न स्टारलाई पैसा दिएर चुप लाग्न आग्रह गरेको आरोप लागेको छ । 

     

    यस मुद्धामा अमेरिकी अदालतमा सुनुवाइ भएको छ । यसै क्रममा पोर्न स्टार स्टर्मी डेनियलले आफ्नो बयान दिएकी छन् । स्टर्मीले ट्रम्पलाई सन् २००६ मा भेटेको उनी ६० वर्षको उमेरमा भएको बताइन् । स्टर्मी त्यतिबेला २७ वर्षकी थिइन् ।

     

    ट्रम्पले २०१६ को राष्ट्रपतीय चुनाव अघि मौन बस्न स्टर्मीलाई पैसा तिरेको आरोप छ । ट्रम्पका वकिलले पनि ट्रम्पको तर्फबाट पोर्न स्टारलाई १ लाख ३० हजार डलर दिएको स्वीकार गरेका थिए । यसपछि त्यसको क्षतिपूर्ति दिन पूर्वराष्ट्रपतिले व्यापार अभिलेखमा सो रकम लुकाएको आरोप लागेको छ ।

     

    ५ घण्टासम्म चलेको अदालतको सुनुवाईमा स्टर्मीले सन् २००६ को सेलिब्रेटी गल्फ प्रतियोगितामा ट्रम्पले उनलाई होटलमा बोलाएको बताइन् । उनी आइपुग्दा ट्रम्प आफैंले ढोका खोले । उनले रेशमी लुगा लगाएका थिए । कुराकानीका क्रममा दुवैबीच हानाहान भएको थियो ।

     

    स्टर्मीले भनिन्- 'जब मैले ट्रम्पलाई उनकी श्रीमतीको बारेमा सोधे, उनले मलाई भने कि उनीहरू अब एउटै कोठामा सुत्दैनन् ।' कुराकानीकै क्रममा स्टर्मी बाथरुममा गइन् । यसपछि ट्रम्प आफ्नो कोठामा पुगे । उनीहरु टी–सर्ट र सर्टमा थिए । स्टर्मीले पनि कोठाबाट बाहिर निस्कन खोजे तर ट्रम्पले उनलाई रोके । त्यसपछि दुवैबीच शारीरिक सम्बन्ध बन्यो ।

     

    न्यूयोर्क टाइम्सका अनुसार, स्टर्मीले आफ्नो बयानको क्रममा प्रत्येक घटनालाई विस्तृत रूपमा वर्णन गरेकी थिइन् । यसैबीच न्यायाधीशले पटकपटक आपत्तिजनक शब्द प्रयोग गरेको भन्दै उनलाई रोकेका थिए । स्टर्मीको बयानमा ट्रम्पलाई गाली गरेको देखियो । स्टर्मीले ट्रम्पको अगाडि यो विषयलाई सम्बोधन गरेको यो पहिलो पटक थियो ।

     

    पोर्न स्टारले यो सबै पैसाका लागि नभई डरका कारण गरेको बताइन् । अन्तमा, कोठाबाट बाहिर निस्किदा उनको हात काँपिरहेको थियो र उनले जुत्ता पनि लगाउन नसकेको बताइन् । स्टर्मीले भनिन्- ट्रम्पले उनलाई आफ्नी छोरीको सम्झना गराएको बताएका थिए, जो धेरै स्मार्ट र सुन्दर छिन् । 

     

    स्टर्मी होटलबाट बाहिरिँदै गर्दा ट्रम्पले उनलाई छिट्टै भेट्न भनेका थिए । त्यो दिनपछि पनि दुवै सम्पर्कमा रहेको स्टर्मीले बताइन् । उनले आफ्नो फोन रेकर्ड पनि देखाएकी थिइन्, जसमा ट्रम्पको सहायकको फोनबाट स्टर्मीलाई धेरै पटक फोन गरिएको थियो । 

     

    स्टर्मीले यसपछि सन् २००७ मा लस एन्जलसमा फेरि भेट भएको बताए । यसै क्रममा ट्रम्पले उनलाई फेरि शारीरिक सम्बन्ध राख्न आग्रह गरे तर स्टर्मीले बहाना बनाएर अस्वीकार गरिन् ।

     

    वास्तवमा गत वर्ष पूर्व अमेरिकी राष्ट्रपति ट्रम्पविरुद्ध यस विषयमा पहिलो आपराधिक मुद्दा दर्ता भएको थियो। म्यानहट्टन अदालतले उनीविरुद्ध ३४ आरोपहरू तय गरेको थियो, जसमा पोर्न स्टार स्टर्मी डेनियललाई अफेयर लुकाउन पैसा तिरेको र चुनावी अभियानका क्रममा व्यापारिक रेकर्ड झूटो बनाउने आरोपहरू समावेश छन्।

     

    स्टर्मीले आफ्नो पुस्तक ‘फुल डिस्क्लोजर’मा ट्रम्पसँग भेटघाटको कुरा पनि उल्लेख गरेकी छन् । यसमा उनले ट्रम्पसँगको आफ्नो सम्बन्ध र आफ्नो शारीरिक रुपको बारेमा पनि बताएकी छिन् ।

    images

    सत्य नेपाल न्युज

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology