Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

सबैभन्दा लामो युद्ध अन्त्य गर्दै अमेरिकी सेनाले काबुल छोडे

सबैभन्दा लामो युद्ध अन्त्य गर्दै अमेरिकी सेनाले काबुल छोडे

images
  • 1.5K
    SHARES
  • सबैभन्दा लामो युद्ध अन्त्य गर्दै अमेरिकी सेनाले काबुल छोडे
    images

    भदौ १५ गते, काठमाडौं,

    अमेरिकी सेनाको अन्तिम सैन्य विमान काबुल विमानस्थलबाट उडान भरे लगत्तै अफगानिस्तानमा दुई दशकसम्म रहेको अमेरिकाको उपस्थिति अन्त्य भएको छ । अधिकारीहरुले सी १७ विमानले अमेरिकी राजदूतलाई लिएर मंगलबार अबेर राति अमेरिका फर्केको बताएका छन्।

    https___specials-images.forbesimg.com_imageserve_611a168748c2cae09ded1c2f_0x0.jpg

    अमेरिकी बर्हिगमन प्रक्रिया अन्तर्गतकाे अन्तिम विमान काबुल विमानस्थल छोड्दा तालिबान लडाकूले हवाई फायरिङ गरेर उत्सव मनाएका छन् । १४ अगष्टमा तालिबान विद्रोही काबुल प्रवेश गरेदेखि अमेरिका नेतृत्वको नेटो सेनाको बहिर्गमन गमन प्रक्र्रियाले तीव्रता पाएको थियो । अमेरिकाको उच्च सैन्य कमाण्डर जेन केन्नेथ म्याक्कैन्जीले अमेरिका र गठबन्धन सेनाको सहयोगमा एक लाख २३ हजार सर्वसाधारण काबुलबाट निकालिएको बताउनुभयो । दैनिक औसतमा सात हजार पाँच सय जनाले काबुल छोडेका छन् ।

    बहिर्गमन प्रकरण समाप्त भएपछि अमेरिकी विदेशमन्त्री एन्थोनी ब्लिन्केनले भन्नुभयो, “सबैभन्दा ठूलो सैन्य, कूटनीतिक र मानवीय चुनौती बोकेको चरण समाप्त भएको छ, अब नयाँ कूटनीतिक अध्याय सुरु भएको हो ।”

    images
    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology