पोखरा।
गण्डकी प्रदेशमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद् विस्तारमा पहिलेकै मन्त्रीलाई नियुक्त गरेसँगै प्रदेश प्रमुख सीताकुमारी पौडेलले सपथ खुवाएकी छन् ।
आर्थिक मामिला तथा योजनामन्त्रीका रूपमा किरण गुरूङ, रामशरण बस्नेत भौतिक पूर्वाधार, नरदेवी पुन सामाजिक विकास र विकास लम्साललाई उद्योग, पर्यटन वन तथा वातावरण नै मुख्यमन्त्रीले निरन्तरता दिएका छन् ।
मुख्यमन्त्रीमा दोस्रो पटक २९ वैशाखमा नियुक्त भएका मुख्यमन्त्री गुरुङले आज मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।
मन्त्रिमण्डल विस्तारसँगै मुख्यमन्त्रीले अन्य दलसँग वार्ता गरेर प्रदेशमा मन्त्रालय थप्ने भएका छन् ।
मन्त्रीमा नियुक्त राजीव गुरुङ (दीपक मनाङे) भने काठमडौं भएकाले सपथमा सहभागी भएनन् ।




