वैशाख ६ गते ।प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित पाँच दलीय गठबन्धनका शीर्ष नेता आज (बुधबार) तनहुँ आउनु हुने भएको छ । तनहुँ– १ को उपनिर्वाचनका लागि प्रधानमन्त्री सहित शीर्ष नेता बन्दीपुर गाउँपालिका–४ डुम्रे बजारमा चुनावी सभालाई सम्बोधन गर्न आउनु हुने भएको हो ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराई गठबन्धनका तर्फबाट उम्मेदवार रहेको उक्त क्षेत्रमा सभा गर्न लागिएको हो ।
चुनावी सभामा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मालगायत गठबन्धन दलका शीर्ष नेताले सभालाई सम्बोधन गर्नुहुने कार्यक्रम रहेको छ ।




