Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

काबुल विमानस्थलमा पाँच वटा रकेट आक्रमण विफल तुल्याइयो

काबुल विमानस्थलमा पाँच वटा रकेट आक्रमण विफल तुल्याइयो

images
  • 841
    SHARES
  • images

    भदौ १४, काठमाडौं,  

    अमेरिकाको नियन्त्रणमा रहेको काबुल विमानस्थलमा गरिएको रकेट आक्रमणको प्रयास अमेरिकी उपकरणले विफल तुल्याएको छ । अमेरिकाले सोमबार बिहानसम्म पाँच पटक रकेट आक्रमणको प्रयास गरिएपनि सबै विफल तुल्याइएको जनाएको छ ।

    अमेरिकी अधिकारीहरुले रोयटर्ससँगको कुराकानीमा आक्रमणमा कुनै क्षति नभएको बताउनुभएको छ । एक सबारीको पछाडिबाट लुकेर रकेट प्रहार गरिएको अफगान सञ्चारमाध्यमहरुले जनाएका छन् । हालसम्म उक्त आक्रमणको कुनै पनि समूहले जिम्मेवारी लिएको छैन् ।

    अमेरिकी राष्ट्रपति जोइ बाइडेनले बर्हिगमन प्रकृया कुनै अवरोध बिना सक्रिय रुपमा सञ्चालन भइरहेको बताउनुभएको छ । अमेरिकाले तालिबानसँग कतारमा गरेको सम्झौता बमोजिम अमेरिका नेतृत्वको नेटा गठबन्धनको सेना मङ्गलबार ३१ अगष्टसम्म अफगानिस्तान छोडिसक्नुपर्नेछ । उक्त सहमतिलाई मूर्त रुप दिन अमेरिकाले बर्हिगमन प्रकृयालाई तीब्रता दिएको छ ।

    images
    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology