Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

नेप्सेका प्रमुख कार्यकारी अधिकृत साउदको राजीनामा

नेप्सेका प्रमुख कार्यकारी अधिकृत साउदको राजीनामा

images
  • शेयर
  • भाद्र ९, २०७८ बुधवार ०८:४२ बजे
  • 1.2K
    SHARES
  • नेप्सेका प्रमुख कार्यकारी अधिकृत साउदको राजीनामा
    images

    काठमाडौँ, 

     गैरकानूनीरुपमा एक कम्पनीको शेयर खरिद गरेको आरोप लागेपछि नेपाल स्टक एक्सचेञ्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले राजीनामा दिनुभएको छ ।

    साधारण शेयर बिक्री गर्ने तयारीमा रहेको सर्वोत्तम सिमेन्टको १० हजार कित्ता शेयर साउदले श्रीमतीको नाममा खरिद गरेको पाइएको छ । सो विषयमा समाचार सार्वजनिक भएपछि अर्थ मन्त्रालयले छानबिन गरिरहेको छ । “आफ्नो विषयमा विभिन्न प्रश्न उठेको र टीकाटिप्पणी भएपछि अनुसन्धानलाई सहयोग पु¥याउने ध्येयका साथ राजीनामा दिएको छु”, अर्थमन्त्रालयमा राजीनामा पत्र बुझाएर आएपछि आयोजित पत्रकार सम्मेलनमा प्रमुख कार्यकारी अधिकृत साउदले भन्नुभयो, “मैले नियम कानूनअनुसार नै शेयर खरिद गरेको थिए । प्रश्न उठ्यो, त्यही भएर राजीनामा दिएँ ।”    
        
    उहाँले आफ्नो कार्यकालमा नियमविपरीत कुनै पनि काम नगरेको, बरु शेयर बजारको विकास र विस्तारका लागि जिम्मेवार भएर काम गरेको दाबी गर्नुभयो । उहाँले शेयर खरिद वैधानिक रहेको उल्लेख गर्दै भन्नुभयो, “नेप्सेको कर्मचारी सेवा सर्तसम्बन्धी विनियमावलीको विनियम ६९ (ग) मा नेप्सेलाई पूर्वजानकारी नदिई आफ्ना वा आफ्नो परिवारको नाममा रहेको सूचीकृत सङ्गठित संस्थाको शेयर बिक्री गर्न रोक लगाएको भए पनि नेप्सेमा नियुक्ति प्राप्त गर्न अघि दोस्रो बजार र प्राथमिक निष्काशनमार्फत खरिद गरेको शेयरमा प्राप्त हकप्रद बोनसलगायत अन्य तवरले बढे बढाएको शेयर पूर्वजानकारी दिई प्राथमिक निष्काशनमा खरिद गरेसरह बिक्री गर्न सकिने छ भन्ने व्यवस्था रहेको छ ।” कर्मचारी विनियमावलीको यो व्यवस्थाले सूचीकृत नभएको शेयर खरिद गर्न रोक नलगाएको उहाँको दाबी छ ।    
        
    अर्थमन्त्रालयले नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुङ्गानामाथि पनि छानबिन गरिरहेको छ । ढुङ्गानाले पनि छोरीको नाममा सर्वोत्तम सिमेन्टको शेयर खरिद गरेको आरोप लागेको छ । संसद्को अर्थ समितिले बोर्डका अध्यक्ष ढुङ्गाना र नेप्सेका प्रमुख कार्यकारी अधिकृत साउदलाई कारवाही गर्न निर्देशन दिएको छ ।     

    images
    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology