Logo

आइतवार, श्रावण १० गते २०८३

ताजा अपडेट :

कक्षा १२ को परीक्षा भौतिक उपस्थितिमा गराउन संसदीय समितिको निर्देशन

कक्षा १२ को परीक्षा भौतिक उपस्थितिमा गराउन संसदीय समितिको निर्देशन

images
  • शिक्षा
  • भाद्र ८, २०७८ मंगलवार १३:३१ बजे
  • 673
    SHARES
  • images

     भदौ ८, काठमाडौं

    कक्षा १२ को वार्षिक परीक्षा भौतिक उपस्थितिमा नै गर्न सरकारलाई संसदीय समितिले निर्देशन दिएको छ ।

    मंगलबार बसेको संसदको शिक्षा तथा स्वास्थ्य समितिले जनस्वास्थ्य सुरक्षाको मापदण्ड कडाईका साथ पालना गरी भौतिक उपस्थितिमा नै परीक्षा गराउन निर्देशन दिएको हो ।

    समितिकी सभापति जयपुरी घर्तीले अन्य परीक्षाहरु भइरहेको भन्दै कक्षा १२ को परीक्षा गराउन निर्देशन दिएकी हुन् । बैठकमा उपस्थित समितिका सदस्यहरुले स्वास्थ्य मन्त्रालय र शिक्षा मन्त्रालयबीचको समन्वयमा तत्काल परीक्षा गराउनुपर्नेमा जोड दिएका छन् ।

    कोरोना संक्रमण जोखिमका कारण साउन ३१ देखि हुन लागेको परीक्षा स्थगित भएको थियो ।

    images
  • सम्बन्धित विषय:

  • # कक्षा १२ को परीक्षा

  • श्री गणेश

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology