Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

‘असल कम्युनिष्टबीच एकता आवश्यक’

‘असल कम्युनिष्टबीच एकता आवश्यक’

images
  • 922
    SHARES
  • ‘असल कम्युनिष्टबीच एकता आवश्यक’
    images

    भदौ ६ गते, भक्तपुर, 

    नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य वर्षमान पुनले माओवादी केन्द्रका नेतृत्वमा कम्युनिष्ट पार्टी बनाउन लागिएको जानकारी दिनुभएको छ । वाइसीएल सूर्यविनायक नगर भेलालाई शनिबार सम्बोधन गर्दै उहाँले कम्युनिष्टहरूलाई एकताबद्ध बनाउने जिम्मेवारी आफ्नो पार्टीको भएको बताउनुभयो ।

    उहाँले भन्नुभयो, “नेपालमा कम्युनिष्ट एकता जरुरी थियो, आज पनि छ, एमालेका अध्यक्ष केपी शर्मा ओलीले एकताको दुरुपयोग गर्नुभयो, अब असल कम्युनिष्टबीच एकता आवश्यक छ, सम्भव पनि छ, अब माओवादी केन्द्र एकताको झण्डा बोकेर जनताबीच जान्छ र कम्युनिष्ट एकता सफल पार्छौँ ।” अहिले संविधान, लोकतन्त्र, गणतन्त्र, धर्म निरेपक्षता तथा समावेशितालाई जोगाउन कम्युनिष्ट र नेपाली कांग्रेसका बीचमा एकता भएको उहाँको भनाइ थियो ।

    कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं भक्तपुर इन्चार्ज दिलीप प्रजापति, अर्का केन्द्रीय सदस्य एवं वाइसीएल नेपालका केन्द्रीय अध्यक्ष रामप्रसाद सापकोटा, जिल्ला अध्यक्ष डिपी ढकाल, बागमती प्रदेश सदस्य प्रतिमा श्रेष्ठ, वाइसीएल नेता कसम गुरुङ, दिनेश थपलिया, सविन आचार्य, नरेश वाइवा, नरेश रञ्जितलगायतले वाइसीएल देश बनाउन लाग्नुपर्नेमा जोड दिनुभयो । 

    images
  • सम्बन्धित विषय:

  • # वर्षमान पुन
  • # माओवादी

  • श्री गणेश

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology