Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

तालिवानले प्रेसलगायत सबै क्षेत्रमा दुव्र्यवहार गरेका घटनामा वृद्धि भएको अमेरिकी भनाइ

तालिवानले प्रेसलगायत सबै क्षेत्रमा दुव्र्यवहार गरेका घटनामा वृद्धि भएको अमेरिकी भनाइ

images
  • 1.4K
    SHARES
  • तालिवानले प्रेसलगायत सबै क्षेत्रमा दुव्र्यवहार गरेका घटनामा वृद्धि भएको अमेरिकी भनाइ
    images

    वासिङ्टन, संयुक्त राज्य अमेरिका,
    तालिवान समूहले काबुललाई आफ्नो नियन्त्रणमा लिएपछि सञ्चारमाध्यम र त्यहाँ कार्यरत जनशक्तिलाई हतोत्साही गर्ने काम गरेको भन्दै अमेरिकी सरकारले तालिबान अधिकारीसँग चासो व्यक्त गरेको छ । तालिवानले प्रेससहित सबै तहमा दुब्र्यवहार र हतोत्साही बनाएको रिपोर्टहरूको सङ्ख्या बढ्दो रहेको विदेश मन्त्रालयका प्रवक्ता नेड प्राइसले सञ्चारकर्मीसँगको कुराकानीमा उल्लेख गर्नुभयो ।

    यस सम्बन्धभमा गरिएको प्रश्नमा प्राइसले भन्नुभयोे, “हामी उनीहरूसँग हाम्रा मध्यस्थकर्तामार्फत् सबै स्तरमा छलफल अघि बढाउँदैछौं ।” यसअघि, रक्षा मन्त्री लोइड अस्टिनले अमेरिकी सञ्चार प्रतिनिधिहरूसँगको कुराकानीमा अमेरिकाको तालिवानसँग अझै पनि धेरै असमझदारीहरू रहेका बताउनुभएको थियो ।

    राष्ट्रपति जो बाइडेनको तालिवानले अमेरिकी नागरिकलाई विमानस्थलमा कुनै बाधा सिर्जना नगरेको भन्ने भनाइप्रति लक्षित गर्दै रक्षा मन्त्रालयका प्रवक्ता जोन कर्बीले तालिवानले अमेरिकी नागरिकलाई दुब्र्यवहार गरिएको भन्ने खबरहरू आफूले सुनेको बताउँदै अमेरिकी सेना उक्त रिपोर्टलाई गम्भीर ढङ्गले लिने बताउनुभएको छ ।

    images
  • सम्बन्धित विषय:

  • # तालिवान

  • श्री गणेश

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology