Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

देउवा-दाहाल-नेपाल छलफलमा, मन्त्रिपरिषद् बिस्तारको तयारी

देउवा-दाहाल-नेपाल छलफलमा, मन्त्रिपरिषद् बिस्तारको तयारी

images
  • 1.4K
    SHARES
  • images

    काठमाडौँ,

    प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रस्तावित नेकपा एमाले (समाजवादी) का अध्यक्ष माधव कुमार नेपाल छलफलमा जुटेका छन् ।

    देउवाले नेपाल पक्षले एमाले (समाजवादी) दल दर्ताका लागि निर्वाचन आयोगमा निवदेन दिएको भोलिपल्ट मन्त्रिपरिषद् विस्तारबारे छलफल थालेका हुन् । अहिले देउवा, दाहाल र नेपालबीच छलफल जारी रहेको छ ।

    सरकार गठन भएको एक महिनाभन्दा बढी हुँदा पनि मन्त्रिपरिषद् विस्तार नगरेको भन्दै आलोचना भइरहँदा देउवाले सत्ता टिकाउन अध्यादेश ल्याएर एमाले  र जसपा फुटाउन मार्ग बनाइदिएका थिए ।

    ती दल फुटेलगत्तै नेता त्रय मन्त्रिपरिषद्लाई पूर्णता दिनेबारे छलफलमा जुटेका हुन् । मन्त्रालय भागबण्डा मिले आजै मन्त्रिपरिद्ले पूर्णता पाउन सक्ने जनाइएको छ ।

    तथापि नेपालको प्रस्तावित समाजवादी पार्टीले बैधता पाउन केही दिन लाग्ने भएकाले तत्काललाई माओवादी र जसपाको उपेन्द्र यादव समूहलाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्ने कि भन्नेमा छलफल केन्द्रित भएको  स्रोतले जनाएको छ ।

    images
  • सम्बन्धित विषय:

  • # देउवा-दाहाल-नेपाल छलफलमा

  • श्री गणेश

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology