Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

राष्ट्रपति भण्डारीद्वारा दल विभाजनसम्बन्धी अध्यादेश जारी

राष्ट्रपति भण्डारीद्वारा दल विभाजनसम्बन्धी अध्यादेश जारी

images
  • 508
    SHARES
  • images

    भदौ २ गते, काठमाडौं,

    राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा दल विभाजनसम्बन्धी अध्यादेश जारी गर्नुभएको छ ।राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले राष्ट्रपति भण्डारीले राजनीतिक दलसम्बन्धी ऐनलाई संशोधन गर्ने अध्यादेश जारी गर्नुभएको जानकारी दिनुभयो । नेपालको संविधानको धारा ११४ को उपधारा १ बमोजिम मन्त्रिापरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले अधयादेश जारी गर्नुभएको उहाँले जानकारी दिनुभयो ।

    राजनीतिक दलसम्बन्धी ऐन संशोधन अध्यादेशमा पार्टी केन्द्रीय समिति वा संसदीय दलमध्ये एउटामा २० प्रतिशत मत पुर्याएमा पार्टी विभाजन गर्न सकिने व्यवस्था बताइएकाे छ । यसअघि राजनीतिक दलसम्बन्धी ऐनमा दल विभाजनका लागि केन्द्रीय समिति र संसदीय दलमा ४० प्रतिशत सङ्ख्या अनिवार्य हुने उल्लेख थियो ।

    बालुवाटारमा मंगलबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत सङ्ख्या पुर्याएर दल विभान गर्न सकिने गरी राजनीतिक दल विभानसम्बन्धी अध्यादेश ल्याएको थियो ।

    images
    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology