श्रावण ३१, अफगानिस्तान,
अफगानिस्तानमा तालिबान लडाकुले ३४ प्रान्तिय राज्यमध्ये २३ राज्यलाई कब्जामा लिन सफल भएका छन् । उनिहरु पूरै देशलाई नियन्त्रणमा लिने अवस्थामा पुगिसकेको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।
पछिल्लो पटक लडाकुहरूले पूर्वी सहर जलालाबादलाई बिनासंघर्ष आइतवार बिहानै आफ्नो नियन्त्रणमा लिएका छन् । यसअघि तालिवानले अर्को महत्त्वपूर्ण उत्तरी सहर मजार-ए-शरिफमाथि कब्जा जमाएको थियो ।
राजधानी काबुलबाहेक अन्य सबै प्रमुख सहरहरूमा तालिवानले वर्चस्व कायम गरिसकेको छ । अब अफगान सरकारसँग राजधानी काबुलबाहेक अन्य कुनै शहर नियन्त्रणमा छैन ।
निरन्तर रुपमा सरकारी फौजले असफलता पाएसँगै राष्ट्रपति अशरफ घानीमाथि राजीनामा गर्न चर्को दबाव परेको छ । काबुललाई जोगाउन उनीसँग ठोस संघर्षको विकल्प देखिएको छैन ।




