Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

लुम्बिनी प्रदेशमा नयाँ सरकार गठन हुँदै

लुम्बिनी प्रदेशमा नयाँ सरकार गठन हुँदै

images
  • राजनीति
  • श्रावण २८, २०७८ बिहिवार १२:४८ बजे
  • 2.2K
    SHARES
  • लुम्बिनी प्रदेशमा नयाँ सरकार गठन हुँदै
    images

    साउन २८ गते, रुपन्देही,

    लुम्बिनी प्रदेशमा आज नयाँ सरकार गठन हुँदैछ । यसका लागि नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाले प्रदेश प्रमुख समक्ष दाबी पेश गर्न लागेका हुन् । प्रदेश प्रमुख अमिक शेरचनले सरकार गठनका लागि दाबी पेश गर्न दिउँसो ३ बजेसम्मका समयसीमा निर्धारण गर्नुभएको छ ।

    कांग्रेस संसदीय दलका प्रमुख सचेतक फखरुद्दिन खानले निर्धारित समयभित्र सरकार गठनका लागि प्रदेश प्रमुख समक्ष दाबी पेश गर्ने जानकारी दिनुभयो । ती चार दलले मुख्यमन्त्री पदमा माओवादी केन्द्र, संसदीय दलका नेता कुलप्रसाद केसीलाई प्रस्ताव गर्न लागेका बताइएको छ । नेकपा (एमाले) भने सरकारका लागि दाबी पेश नगर्ने जनाइएको छ ।

    प्रदेशसभामा हाल ८० सदस्य रहेकामा बहुमतका लागि ४१ सदस्य आवश्यक हुन्छ । कांग्रेसका १९, माओवादी केन्द्रका १८, जसपाका ३ र जनमोर्चाका १ जनाले सरकारका लागि दाबी पेश गर्न लागेको जनाइएको छ ।

    images
    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology