Logo

शुक्रवार, कार्तिक २८ गते २०८३

ताजा अपडेट :

कोभिसिल्डको दोस्रो खोप आजदेखि

कोभिसिल्डको दोस्रो खोप आजदेखि

images
  • 829
    SHARES
  • कोभिसिल्डको दोस्रो खोप आजदेखि
    images

    श्रावण २५ , काठमाडौँ, 

    कोभिड विरुद्धको कोभिशिल्ड खोपको पहिलो मात्रा लगाएकाहरुलाई आजदेखि दोस्रो मात्रा दिइने भएको छ । 

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड विरुद्धको खोप अभियानअन्तर्गत सोमबारदेखि कोभिसिल्डको दोस्रो मात्राको खोप अभियान सञ्चालन गर्दै छ । यसअघि कोभिसिल्ड खोप लगाएका ज्येष्ठ नागरिकलगायतका व्यक्तिलाई दोस्रो मात्रा खोप दिन लागिएको हो ।

    स्वास्थ्य मन्त्रालयका अनुसार कोभिसिल्डको पहिलो मात्रा लगाएर बसेका ज्येष्ठ नागरिकलाई सोमबारबाट दोस्रो मात्रा खोप दिन लागिएको हो । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा खोप महाशाखाका प्रमुख डा. झलक गौतले भुटानबाट खोप आइसकेकोले उक्त खोप कोभिसिल्डको पहिलो मात्रा लगाएर बसेकालाई खोप दिन लागिएको जानकारी दिनुभयो । डा. गौतमले जापानबाट आएको र भुटानबाट आएको खोप लगाइने जानकारी दिनुभयो ।

    कोभिसिल्डको पहिलो मात्रा लगाएर बसेका ज्येष्ठ नागरिकलाई दिइने भएको छ । काठमाडौँ स्वास्थ्य कार्यालयका प्रमुख बद्रीबहादुर खड्काले काठमाडौँ जिल्लामा पनि कोभिसिल्ड खोप लगाइसकेका नागरिकका लागि दोस्रो मात्रा खोप लगाइने जानकारी दिनुभयो । उहाँले काठमाडौँमा १४४ खोप केन्द्रमार्फत कोभिसिल्डको पर्खाइमा रहेका ज्येष्ठ नागरिकलाई खोप लगाइने बताउनुभयो ।

     

     

    images
  • सम्बन्धित विषय:

  • # एस्ट्राजेनेका खोप
  • # covid shield

  • श्री गणेश

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology