release.pdf :To download file click here
press election com.pdf :To download file click here
काठमाडौं । वागमती प्रदेशका लागि हुन गइरहेको राष्ट्रियसभा निर्वाचनको अचारसंहिता लागू भइसक्दा समेत पनि त्यसको उल्लंघन भइरहेको भन्दै त्यसो नगर्न निर्वाचन आयोगले चेतावनी दिएको छ।
राष्ट्रियसभा निर्वाचनको उपनिर्वाचनमा लागि ३ जेठको राति १२ बजेदेखि मौन अवधि शुरू भइसकेको अवधिमा पनि उम्मेदवारका पक्षममा मत माग्ने काम भएको आयोगले बताएको छ ।
राष्ट्रियसभाका उम्मेदवार गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले मंगलबार साँझ अबेर फेसबुकमार्फत मत मागेका थिए । त्यस्तै एमाले अध्यक्ष केपी शर्मा ओलीले बुधबार बादलका पक्षमा मतदान गर्न आह्वान गरेका छन् ।
आयोगले विज्ञप्ति मा भनेको छ, ‘निर्वाचन आचारसंहिताविपरीतका कार्य गर्ने व्यक्ति वा संस्थालाई आयोगले कानूनबमोजिम कारवाही गर्न सक्ने कुरा प्रष्ट गर्दै यसरी आचार संहिता विपरीत कार्य गर्नेको अभिलेख राख्ने व्यहोरा समेत जानकारी गराइन्छ ।’
आयोगले मौन अवधिमा पनि प्रेस विज्ञप्ति निकाल्ने, आचारसंहिताविपरीत वक्तब्य दिने, प्रकाशन तथा प्रसारण गर्ने र उम्मेदवारको जीत-हारको पूर्वानुमानका सामग्रीहरु प्रसार गर्ने काम समेत गरेको भन्दै त्यस्तो नगर्न समेत चेतावनी दिएको छ ।




