Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

चीनको वैदेशिक मुद्रा सञ्चिति उच्च

चीनको वैदेशिक मुद्रा सञ्चिति उच्च

images
  • 1.6K
    SHARES
  • चीनको वैदेशिक मुद्रा सञ्चिति उच्च
    images

    एजेन्सी,

    सम्पतिको मूल्यको परिवर्तनको संयुक्त प्रभावमा जुलाई महिनामा चीनको वैदेशिक मुद्रा सञ्चितिको परिधि बढेको चिनियाँ राष्ट्रिय वैदेशिक मुद्रा सञ्चिति व्यवस्थापन विभागले जनाएको छ ।

    अगष्ट ७ तारिखमा दिएको तथ्याङ्क अनुसार चालू वर्षको जुलाई महिनाको अन्तसम्म चीनको वैदेशिक मुद्रा सञ्चितिमा संलग्न रकम ३२ खर्ब ३५ अर्ब ९० करोड अमेरिकी डलर पुगेको छ ।

    वैदेशिक मुद्रा सञ्चिति यस वर्षको जुन महिनाको तुलनामा २१ अर्ब ९० करोड अमेरिकी डलरभन्दा बढी पुगेको छ । त्यस्तै वृद्धि दर ०.६८ प्रतिशतले बढेको छ ।

    राष्ट्रिय वैदेशिक मुद्रा सञ्चिति व्यवस्थापन विभागका प्रवक्ता वाङ छुनयीङले चीनको वैदेशिक मुद्रा बजारको माग र आपूर्ति सन्तुलित रहेको र बजारको भविष्य पनि स्थिर रहनसक्ने दावी गरे ।

    चिनियाँ अधिकारीका अनुसार कोभिड महामारी गम्भीर भएको, मुख्य मुलुकका मुद्रागत नीतिको अनुमान र समष्टिगत आर्थिक तथ्याङ्क लगायतका कारक तत्वको प्रभावस्वरूप अमेरिकी डलर बाहेकका मुद्राहरूको मूल्य बढेको छ ।

    images
  • सम्बन्धित विषय:

  • # चीनको वैदेशिक मुद्रा

  • श्री गणेश

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology