Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

अगस्टको अन्त्यसम्म माल्दीभ्सका ९० प्रतिशतलाई खोप लगाइसक्ने तयारी

अगस्टको अन्त्यसम्म माल्दीभ्सका ९० प्रतिशतलाई खोप लगाइसक्ने तयारी

images
  • 1.1K
    SHARES
  • अगस्टको अन्त्यसम्म माल्दीभ्सका ९० प्रतिशतलाई खोप लगाइसक्ने तयारी
    images

    साउन २० गते, माले,
    माल्दीभ्सका राष्ट्रपति इब्राहिम सोलिहले जतिसक्दो चाँडो सबै नागरिकलाई खोप लगाइसक्न सम्बन्धित मन्त्रीलाई निर्देशन दिनुभएको छ । कोरोनाभाइरसको महामारीका कारण थप मानवीय क्षति हुन नदिनका लागि खोप लगाउने अभियानलाई तीव्रता दिन उहाँले आग्रह गर्नुभएको हो ।

    राष्ट्रपति सोलिहले सरकारी निकायका सबैलाई उच्च प्राथमिकताका साथ कोरोना भाइरस विरुद्धको खोप लगाउने व्यवस्था गर्न पनि निर्देशन दिनुभयो । राष्ट्रपति कार्यालयद्वारा सोमबार जारी निर्देशनमा सरकारी सबै कर्मचारीलाई यही अगस्ट १५ सम्मका कम्तीमा एउटा खोप लगाइसक्न आग्रह गरिएको छ ।

    जनस्वास्थ्य महानिर्देशक मैमुना अबुबाकुरले पनि खोप अभियानमा सहयोग गर्न सरकारी संस्था तथा निकाय, कम्पनीलगायतलाई अनुरोध गर्नुभएको छ । माल्दीभ्समा कोरोनाभाइसविरुद्धको खोप लगाउने अभियान गत फेब्रुअरीदेखि नै सुरु भए पनि पूरा हुन सकेको छैन ।

    यही अगस्टको अन्त्यसम्ममा खोप लगाउन योग्य कम्तीमा पनि ९० प्रतिशतलाई खोप लगाइसक्ने उद्देश्य राखिएको अधिकारीहरुले बताएका छन् । अहिलेसम्म खोप लगाउन योग्य ७० प्रतिशतले भने खोप लगाइसकेका छन् । देशभरिका तीन लाख २५ हजार ६० जनाले पहिलो मात्रै खोप लगाएका छन् भने दुई लाख ७४ हजार ९४९ जनाले दुवै खोप लगाएका छन् ।

    images
    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology